बैतडी –सुदूरपश्चिमका चार जिल्ला जिल्ला जोड्न् महकाली करिडोर दार्चुला टिंकर सडकको लागि सरकारले ४५ करोड बजेट विनियोजन गरेको छ ।
संसदमा अगामी आर्थिक वर्ष २०८०÷८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले महाकाली करिडोर दार्चुला टिंकर सडकको लागि ४५ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।
कञ्चनपुरको ब्रह्मदेबदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको टिंकर जोड्ने आर्थिक, व्यापारीक, धार्मिक, पर्यटकीय तथा सामरिक महत्वको सडकको रुपमा यो सडकलाई लिने गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:५८
प्रतिक्रिया दिनुहोस्