Sagun Khabar
बैतडीको शिवनाथ गाउँपालिकाद्वारा नदीजन्य पदार्थ उत्खनन सम्बन्धि निर्देशिका पारित 

बैतडी –बैतडीको शिवनाथ नगरपालिकाले नदीजन्य पदार्थको उत्खनन र विक्रि वितरणलाई व्यवस्थित बनाउन तयार पारेको निर्देशिका पारित गरेको छ । बिहीबार सम्पन्न गाउँसभाबाट  नदीजन्य पदार्थ  संकलन, उत्खनन्, ओसारपसार तथा विक्रि वितरण र राजस्व बाँडफाँड सम्बन्धि निर्देशिका २०७८ पारित भएको हो ।  

गाउँपालिकाले रुडेस बैतडीले सञ्चालन गरेको ट्रोसा परियोजना अन्तर्गतको आर्थिक तथा प्राविधिक सहयोगमा निर्देशिका तयार पारेको हो । तटीय क्षेत्रका नागरिकका विभिन्न अधिकारहरुलाई सुरक्षित गर्नका लागि निर्देशिका बनाइएको र सभाबाट पारित भएकाले अब तटीय क्षेत्रका नागरिकलाई सहज हुने रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिए । उनले भने ‘नदीजन्य पदार्थहरु जथाभावी उत्खनन हुँदा विभिन्न खालका समस्याहरु आउने गरेका छन् । विभिन्न प्रकोपका घटनाहरु पनि हुने गरेका छन् । अब निर्देशिका अनुसार मात्रै नदीजन्य पदार्थ उत्खनन गर्न पाइनेछ ।’

Atrya hospital

महाकाली नदी र सुर्नया नदीबाट उत्खनन गरिने नदीजन्य पदार्थलाई व्यवस्थित तरीकाले उत्खनन गर्नका लागि निर्देशिका बनाइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । उनले भने ‘गाउँसभाबाट निर्देशिका पारित भएपछि नदीजन्य पदार्थ उत्खननका लागि सजिलो हुन्छ । व्यवस्थित तरीकाले उत्खनन गर्दा प्राकृतिक श्रोतको दोहन पनि कम हुन्छ ।’

निर्देशिकामा नदीजन्य पदार्थ उत्खननका लागि स्पष्ट व्यवस्था गरिएको रुडेसका बैतडीका कार्यक्रम अधिकृत तेजराम लोहारले बताए । 

सार्वजनिक पुर्वाधार विकास निमार्णका लागि आवश्यक पर्ने नदीजन्य पदार्थको अभाव हुन नदिने, नदीजन्य पदार्थबाट प्राप्त राजस्वको बाँडफाँडका आधारहरु तय गर्ने,नदीजन्य पदार्थबाट प्राप्त राजस्व मार्फत स्थानीय तहमा समुचित तथा समतामुलक रुपमा  विकास गर्ने, नदीजन्य पदार्थ उत्खनन्् तथा ओसारपासार गर्ने कार्यमा आश्रित स्थानीय समुदायको जीवकोपार्जनका लागी आवश्यक नीति नियम बनाई लागु गर्ने  लगायतका उद्देश्य राखेर निर्देशिका बनाइएको कार्यकारी निर्देशक जोशीले बताए ।

यो निर्देशिका लागू भएपछि प्रभावित समुदायका नागरिकको जिविकोपार्जनका लागि आवश्यक कार्यक्रम समेत सञ्चालन गनुपर्ने उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: शनिबार, असार १२, २०७८  १२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update