Sagun Khabar
नेकपा माओवादी केन्द्र बैतडीले स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्यो 
Atrya hospital

बैतडी –नेकपा माओवादी केन्द्र बैतडीले स्वास्थ्य कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको नेकपा माओवादी केन्द्र बैतडीका जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले जानकारी दिए । 

पार्टीको केन्द्रिय कार्यालयबाट उपलब्ध गराएका सामग्री हस्तान्तरण गरिएको उनले बताए । 

११ थान पीपीइ सेट, ४ थान गाउन, मास्क, सेनेटाइजर, ग्लोब्स, एन्टीजेन कीट लगायतका सामग्री स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टलाई हस्तान्तरण गरिएको हो । 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १८:४४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update