Sagun Khabar
बैतडीको पञ्चेश्वरमा बजार अनुगमनः १ लाखका अखाद्य सामग्री नष्ट

बैतडी- बैतडीको पञ्चेश्वर गाउँपालिकामा १ लाख मुल्य बराबरका अखाद्य सामग्री नष्ट गरिएका छन् । पालिका भित्रका बजार अनुगमनका क्रममा भेटिएका १ लाखका अखाद्य सामग्री बरामद गरि नष्ट गरिएका हुन् । 

पञ्चेश्वर गाउँपालिकाका मुख्य मुख्य बजारमा अनुगमन गरिएको र अनुगमनका क्रममा भेटिका अखाद्य सामग्री बरामद गरि नष्ट गरिएका पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले  जानकारी दिइन् ।

यस्तै वडा नं ३ र ४ मा नियम विपरित सञ्चलनमा रहेका मदिरा पसलहरुबाट ८२ हजार जरीवाना असुल गरिएको छ । नियम विपरित सञ्चालनमा रहेका तीन ओटा मदिरा पसल सिल गरिएका हुन् भने  एक क्लिनिक पसल पनि सिल गरिएको छ । बजारमा अनुशासन कायम गर्नका लागि अनुगमन गरिएको र यसपछि पनि निरन्तरता दिइने गाउँपालिका उपाध्यक्ष भट्टले बताइन् ।

जिल्लाका विभिन्न ठाउँमा बेलाबेलामा अनुगमन गर्ने गरिएको भएपनि म्याद नाघेका सामग्री विक्रि गर्ने कार्य अझै बन्द हुन सकेको छैन् । 


 

प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०९:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update