Sagun Khabar
सुदूरपश्चिममा शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, १०३ जनाले कोरोना जिते 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा शुक्रबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्यमा झरेको छ । विगत २४ घण्टामा प्रदेशका कुनै पनि जिल्लामा कोरोनाबाट कसैको मृत्यु नभएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभरी १०३ जनाले कोरोना जितेका छन् । प्रदेशका विभिन्न जिल्लामा रहेका संक्रमित मध्ये १०३ जनाले कोरोना जितेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५८ नमूना परीक्षण गर्दा थप ४० जनामा कोरोना पुष्टि भएको छ । 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १८:२४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update