दार्चुला- दार्चुलामा ग्यास लिक भएर आगलागी हुँदा जलेर गम्भीर घाइते भएका वृद्धको मृत्यु भएको छ । बृद्धलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको र नेपालगञ्जको भेरी अस्पतालमा उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्लाको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्ना बुधवार बिहान चिया पकाउने क्रममा सिलिन्डरबाट ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८० २०:१४
प्रतिक्रिया दिनुहोस्