Sagun Khabar
दार्चुलामा जलेर घाइते वृद्धलाई थप उपचारका लागि काठमाण्डौ लगियो 
Atrya hospital

बैतडी- दार्चुलामा आगलागीमा परी गम्भीर घाइते भएका वृद्धलाई थप उपचारका लागि काठमाडौं लगिएको छ। जिल्लाको  नौगाड गाउँपालिका–३ जामिरमा सिलिण्डरको ग्यास लिक भएर गम्भीर घाइते भएका ८० वर्षीय वृद्ध अमर सिंह ठगुन्नालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट  काठमाडौ लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।  

बुधवार  बिहान साढे चार बजेतिर  चिया पकाउने  क्रममा ग्यास लिक भएर आगलागी हुँदा वृद्ध गम्भीर घाइते भएका थिए ।   जलेर घाइते उनलाई उपचारका लागि तत्काल गोकुलेश्वरस्थित अस्पताल ल्याइएको थियो।

गोकुलेश्वर उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ लगिएको  छ ।  घाइते वृद्धका आगलागीबाट टाउको,हात र खुट्टा जलेको बताइएको  छ । 
 

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update