Sagun Khabar
बैतडीका दुई स्थानीय तहमा सक्रिय संक्रमित शुन्य 

बैतडी –बैतडीका दुई स्थानीय तहमा तत्कालका लागि कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भएको छ । पुर्चौंडी नगरपालिकामा रहेका एकजनाले शुक्रबार कोरोना जितेपछि पुर्चौंडीमा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको हो ।

यसअघि मेलौली नगरपालिकामा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्य भईसकेको छ । कोरोनाको दोश्रो लहर आएपछि दुई स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमितको संख्या शुन्यमा झरेको हो । 

Atrya hospital

अहिले ८ ओटा स्थानीय तहमा मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । जिल्लाको पाटन नगरपालिकामा २८ जना, दशरथचन्द नगरपालिकामा १२ जना, दोगडाकेदार गाउँपालिकामा ५ जना र सुर्नया गाउँपालिकामा ४ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै सिगास गाउँपालिकामा ३ जना, पञ्चेश्वर गाउँपालिकामा ३ जना, शिवनाथ गाउँपालिका र डिलाशैनी गाउँपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । बैतडीमा जिल्ला बाहिरका एकजना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १८:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update