Sagun Khabar
बैतडीको पाटनमा लैंगिक तथा सामाजिक समावेशीकरण नीति बन्यो 

बैतडी –बैतडीको पाटन नगरपालिकाले लैगिंक तथा सामाजिक समावेशीकरण नीति बनाएको छ । हरेक क्षेत्रमा लैगिंक समानता कायम गर्नका लागि नगरपालिकाले नीति बनाएको हो ।

महिला, दलित तथा पछाडि पारिएको वर्गहरुको विकास गर्न, स्थानीय तहका हरेक निर्णय प्रक्रियामा महिलाहरुको अर्थपूर्ण सहभागिता गराउन, स्थानीय तहका योजना निर्माण लैगिंक तथा सामाजिक समावेशीकरणका बिषयप्रति संवेदनशील, जवाफदेही र उत्तरदायी बनाउन नीति बनाइएको उपप्रमुख सरस्वती कोलीले बताइन् । उनले भनिन् ‘यो नीति बनिसकेपछि महिलाको क्षेत्रमा काम गर्न सजिलो हुन्छ । उनीहरुलाई हरेक क्षेत्रमा समावेश गराउन सहज हुन्छ ।’

Atrya hospital

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा फाया नेपालले परामर्शदाता मार्फत पाटनमा लैंगिक तथा सामाजिक समावेशीकरण नीति बनाएको हो । नीतिले स्थानीय तहमा योजना तर्जुमा प्रक्रियालाई लैगिंक संवेदशनील बनाउन लैगिंक बजेट तर्जुमा गर्न सहयोग पुग्ने परामर्शदाता लोकेशलाल शाहले जानकारी दिए । उनले भने ‘नीति बनेपछि काम गर्न स्थानीय सरकारलाई पनि सजिलो हुन्छ । नीतिमा टेकेर कार्यक्रम ल्याउँदा लक्षित वर्गलाई फाइदा पुग्छ।’ 

लैगिंक तथा सामाजिक समावेशीकरण नीति बनाउने पाटन बैतडीको पहिलो स्थानीय तह बनेको छ । यो नीति बनिसकेपछि लैगिंक तथा सामाजिक समावेशीकरणका सवाललाई संस्थागत रुपले अघि बढाउन सहयोग पुग्ने संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए । उनले भने ‘महिला तथा पिछडिएकाहरुलाई सरकारको कार्यक्रमहरुमा समावेश गर्न यो नीतिले सहयोग गर्दछ ।’

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १७:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update