Sagun Khabar
नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला परिषद सम्पन्न 

बैतडी –नेपाल राष्ट्रिय सिक्षक संगठन बैतडीको २३औँ जिल्ला परिषद शनिबार सम्पन्न भएको छ । सुर्नया गाउँपालिका –२ स्थित वासुदेव मावि लिस्किटमा सम्पन्न भएको जिल्ला परिषदले संगठनले एक बर्षको समीक्षा गर्दै आगामी बर्षका लागि विभिन्न योजनाहरु पारित गरेको छ । 

परिषदले संगठनको सदस्यता चुस्त दुरुस्त राख्ने, शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु वृद्धि गर्ने, शिक्षक महासंघको नेतृत्वका लागि तयारी गर्ने, संगठनको निर्माणाधिन भवनलाई पूर्णता दिनका लागि पहल गर्ने निर्णय गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेमराज भट्टले जानकारी दिए । 

नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीका अध्यक्ष प्रेमराज भट्टको अध्यक्षतामा सम्पन्न भएको परिषदमा एमालेका केन्द्रीय कमिटि सदस्य लिलाधर भट्ट प्रमुख अतिथी रहेका थिए । 

परिषदमा एमालेका नेता एवं सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवर, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य भवानी चन्द, नेत्रा नाथ जोशी लगायत संगठनमा आवद्ध शिक्षकहरुको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ०७:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update