दार्चुला – दार्चुलामा गहुँ चुट्ने थ्रेसर मेसिनको पट्टामा बेरिएर घाइते भएका एक बालकको मृत्यु भएको छ ।
उपचारका क्रममा नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीस्थित मल्लामट्टे बस्ने १३ बर्षीय विनोदसिंह धामीको मृत्यु भएको हो । उनी शुक्रबार दिउँसो थ्रेसरको पट्टामा बेरिएर घाइते भएका थिए ।
कक्षा ५ मा अध्ययनरत विनोदको उपचारका क्रममा शुक्रबार राति गोकुलेश्वर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८० ११:५८
प्रतिक्रिया दिनुहोस्