Sagun Khabar
दशरथचन्द क्रिकेट रंगाशालामा पूर्वाधार निर्माणको काम अघि बढाउने सरकारको घोषणा 
Atrya hospital

बैतडी –बैतडीको सुन्दरखालीस्थित दशरथचन्द क्रिकेट रंगशालामा पूर्वाधार निर्माणको कार्य अघि बढाउने सरकारले घोषणा गरेको छ । आगामी आर्थिक वर्षको निती तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले बैतडीको दशरथचन्दसहित कैलालीको फाप्ला, मोरङको बिराटनगर, चितवनको भरतपुर क्रिकेट रंगशालाको पुर्वाधार निर्माण कार्य अघि बढाइने घोषणा गरेका हुन् । 

२०६३ सालमा दशरथचन्द नगरपालिकाले निर्माण शुरु गरेको क्रिकेट मैदानलाई २०७१ सालमा राष्ट्रिय खेलकुद परिषदले अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने भनेर शुरु गरेको थियो । तर पछिल्लो समयमा राखेपले नै सो मैदानलाई अलपत्र छाडेको छ । 

सरकारले दशरथचन्द क्रिकेट रंगशालाको काम अघि बढाउने कुरा निती तथा कार्यक्रममा नै उल्लेख गरेपछि काम अघि बढ्ने आसा पलाएको बैतडी क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update