Sagun Khabar
दार्चुलाको शैल्यशिखर नगरपालिकाले उत्कृष्ट एकजना किसानलाई सुनको कोदालो दिने 

दार्चुला –दार्चुलाको शैल्यशिखर नगरपालिकाले कृषिमा उत्कृष्ट काम गर्ने एकजना किसानलाई सुनको कोदालोले पुरस्कृत गर्ने घोषणा गरेको छ । 

आर्थिक वर्ष २०७८÷७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्ने क्रममा नगरपालिकाले सो कुराको जानकारी गराएको हो । 

Atrya hospital

किसानहरुलाई प्रोत्साहित गर्नका लागि नगरपालिकाले कृषिमा उत्कृष्ट काम गर्ने एक जनालाई सुनको कोदालो दिइ पुरस्कृत गर्ने घोषणा गरेको शैल्यशिखर नगरपालिकाका नगरप्रमुख अमरसिंह धामीले बताए । 

नगरपालिकाले आर्थिक वर्ष २०७८÷७९ का लागि ४३ करोड ८४ लाख ५६ हजार बराबरको बजेट बिहीबार सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १२:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update