दार्चुला- दार्चुलामा चट्याङ लागेर घाइते भएका तीन जना यार्सा संकलकको चार दिनपछि उद्धार गरिएको छ । मंगलबार उनीहरूलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
व्याँस गाउँपालिका–२ हुँम्दुङतीस्थित पाटनमा चट्याङ लागेर घाइते भएका दुँहु गाउँपालिका–२ हिकिलाका १८ वर्षीय महेश बडाल, पिपलचौरी बास्पालीका ३८ वर्षीय आनसिंह महरा र उनकी ३३ वर्षीया श्रीमती मानमतीलाई नेपालगन्ज पठाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिइन् ।
शनिवार राति चट्याङ लागेर उनीहरू घाइते भएका थिए । मौसम खराबीका कारण उनीहरूको उद्धारमा ढिलाइ भएको थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८० १०:५८
प्रतिक्रिया दिनुहोस्