Sagun Khabar
दार्चुलाको दुहुँमा ३६ करोड ३२ लाखको बजेट 
Atrya hospital

दार्चुला-दुहुँ गाउँपालिकाले आगामी आर्थिक वर्षको बार्षिक नीति कार्यक्रम र बजेट गाउँसभामा प्रस्तुत गरेको  छ । गाउँपालिका उपाध्यक्ष ईश्वरी जोशीले आगामी आर्थिक वर्षको लागि कुल ३६ करोड ३२ लाख ७६ हजार रुपैयाँको बराबरको बजेट बजेट प्रस्तुत गरेकी हुन् ।

गाउँसभामा प्रस्तुत गरिएको बजेटमध्ये चालूतर्फ २४ करोड ४३ लाख, ७ हजार तथा पूजीगततर्फ ११ करोड ८९ हजार ६९ हजार रुपैयाँ रहेको छ ।

गाउँपालिकाले कोरोनाका कारण रोजगारी गुमेकाहरुलाई रोजगारी दिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ । यस्तै गाउँपालिका अध्यक्ष सडक कार्यक्रमलाई प्रभावकारी बनाइने, वनको रक्षा स्वास्थ्य सुरक्षा कार्यक्रम अन्तर्गत गाउँपालिकाबासीहरुलाई ग्याँस सिलिण्डर वितरण गरिने, शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन हेल्लो स्कुल कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update