बैतडी –बैतडीको पाटनमा मेयर तथा उप–मेयरकप क्रिकेट प्रतियोगिता हुने भएको छ । नगरपालिकाभित्र रहेका क्लब तथा समुहले जेठ ३ गतेभित्र टिमदर्ता गरीसक्नु पर्ने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
पाटन क्रिकेट क्लबको आयोजनामा हुने प्रतियोगिता जेठ ४ गतेदेखि सुरु गर्ने तयारी भएको । यद्यपि प्रतियोगिताको मिति अझै टुंगो लाग्न भने बाँकी रहेको छ । प्रतियोगितामा भाग लिने क्लवहरुले सम्बन्धित वडाको सिफारिशमा ३ गतेभित्र क्लब दर्ता गरिसक्नुपर्नेछ ।
प्रतियोगिताका खेलहरु टी–२० फम्र्याटमा खेलाइने आयोजकले जनाएको छ । नगरपालिकाको आर्थिक सहयोग र पाटन क्रिकेट क्लबको प्राबिधिक सहयोगमा प्रतियोगिता सञ्चालन हुन गइरहेको प्रतियोगिताको पुरस्कार राशीको टुंगो लाग्न बाकी छ । प्रतियोगितामा सहभागिता जनाउने टिम तथा क्लबले सम्बन्धित वडाको सिफारिस आवश्यक रहेको सूचनामा उल्लेख गरिएको छ ।
पाटन ६ स्थित कृष्ण माविको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने भएकाले विद्यालयसँग छलफल गरी प्रतियोगिताको मिति टुंगो लाग्ने पाटन क्रिकेट क्लबका अध्यक्ष किरण चन्दले बताए ।
पाटन नगरपालिकाले चैत्र २८ गते नै सूचना प्रकाशित गर्दै आयोजना गर्न इच्छुक क्लबलाई आबेदन दिन भनेको थियो । त्यसपछि आवस्यक समन्वय गरी पाटन क्रिकेट क्लबले आयोजना गर्ने सहमती भएको थियो । नगरपालिकाले ढिलोगरी प्रतियोगिता गर्न थालिएको आयोजकले जनाएको छ ।