Sagun Khabar
बैतडी घर भएका पेलाको ‘हेर दिन ढल्यो’ बोलको गीत सार्वजनिक 

बैतडी –बैतडी घर भएका शास्त्रीय संगीतका साधक तथा गायक तिलकसिंह पेलाको नयाँ गीत सार्वजनिक भएको छ । ‘हेर दिन ढल्यो’ बोलको गीत लिएर गायक पेला दर्शक÷स्रोतामाझ पुनः आएका हुन् । शास्त्रीय संगीतको स्वादमा रहेको गीत पेलाको आफ्नै युट्युब च्यानलमा अपलोड गरिएको छ । यसअघि पेलाको स्वरमा रहेको ‘के लत बस्यो’गजल चर्चाको शिखरमा पुगेको थियो । 

उनका दाइ कृष्णसिंह पेलाले लेखेको गीतलाई तिलक पेला आफैँले संगीतबद्ध गरेका हुन् । गीत पेलाकै चेला रिदम कँडेलले एरेन्ज गरेका हुन् । 

Atrya hospital

यो गीतले पनि दर्शकको तारिफ पाइरहेको छ । पेलाको स्वरमा रहेको यो गीत धेरैले रुचाएका छन् । 

२०५३ सालमा आफ्नै स्वर तथा संगीतमा ’आँसु’ एल्बम ल्याएका पेलाले २०५४ सालमा ‘आँसु भाग– २’ सार्वजनिक गरेका थिए । २०६१ सालदेखि काठमाडौं वनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशाला खोलेर शास्त्रीय संगीत पढाइरहेका उनले तीन वर्षअघि आँसु एल्बमकै तेश्रो भागका रूपमा ’निर्जन किनार’ एल्बम ल्याएका थिए । 

पेलाले डोटेली गीत समेत गाएका छन् । 

https://www.youtube.com/watch?v=-Y-E_ELVL88
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update