Sagun Khabar
दार्चुलाको महाकाली नगरपालिकामा ६३ करोड ३५ लाखको बजेट 

दार्चुला –दार्चुलाको महाकाली नगरपालिकाले अगामी आर्थिक वर्ष ०७८÷०७९ का लागि कुल ६३ करोड ३५ लाख ४२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आठौँ नगरसभामा मार्फत नगर उपप्रमुख सुना बोहराले अगामी वर्षका लागी वार्षिक बजेट प्रस्तुत गरेकी हुन्  ।

कुल बजेटबाट शैक्षिक नगरी निर्माण अभियानका लागी ४ करोड ८६ लाख, कृषि तथा पशु कार्यक्रम संचालनका लागी ३ करोड ६३ लाख, सडक पूर्वाधार निर्माणका लागी ४ करोड ३० लाख, पर्यटन तथा सास्कृतिक कार्यक्रमका लागी १ करोड ४६ लाख २६ हजार, खानेपानीको सहज आपुर्तिका लागि १ करोड १३ लाख, स्वच्छ नगर अभियान संचालनका लागि ५० लाख, महिला बालवालिका, जेष्ठ नागरिक तथा अपांग कार्यक्रम संचालनका लागी १ करोड १० लाख ५० हजार विनियोजन गरिएको छ।

Atrya hospital

“कृषि, शिक्षा पर्यटन र व्यापार, महाकाली नगरपालिकाको समृद्धिको आधार” भन्ने नाराका साथ आठौ नगरसभा सोमबारदेखि सुरु भएको हो । नगरपालिकाले अधिकांस पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ।

नगरपालिकाको नयाँ कार्यक्रमको रुपमा कृषकको खेतबारीमा कृषि प्राविधिक कार्यक्रम, टुहुरा बालबालिकाहरुका अभिभावक नगरप्रमुख, एकल महिलाको साथी नगर उपप्रमुख, एक घर एक फलफूल बिरुवा उत्पादन कार्यक्रम अघि सारिएको छ।
 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update