Sagun Khabar
जिल्ला प्रशासन कार्यालय दार्चुलाले बार अनुसार सेवा दिने 

दार्चुला –निषेधाज्ञामा खुकुलो गरेसंगै जिल्ला प्रशासन कार्यालय दार्चुलाले अत्यावश्यक बाहेकका सेवाहरु पनि सुचारु गर्ने भएको छ । गएको वैशाखदेखि बन्द भएका सेवाहरु अबको आइतबारबाट शुरु हुने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए  ।

प्रत्येक स्थानीय तहका नागरिकलाई बार अनुसार सेवा दिने गरेर नियमित सेवा सुचारु गर्ने तयारी भएको हो । यसअघि कोरोना भाईरसका कारण जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको थियो । अबको आइतबारदेखि बार अनुसार पालिकाका नागरिकलाई सेवा दिइने प्रमुख जिल्ला अधिकारी जोशीले बताए  ।

Atrya hospital

अपिहिमाल गाउँपालिका, नौगाड गाउँपालिका र मार्मा गाउँपालिकाका नागरिकलाई आइतबार र सोमबार सेवा दिइनेछ । यस्तै शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र लेकम गाउँपालिकाका नागरिकलाई मंगलबार र बुधबार सेवा दिइनेछ ।

यस्तै महाकाली नगरपालिका, व्यास गाउँपालिका र दुहुँ गाउँपालिकाका नागरिकलाई बिहीबार र शुक्रबार सेवा दिइने प्रशासनले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १२:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update