दार्चुला – दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको व्याँस गाउँपालिका ३ सल्याडीकी ३२ बर्षीया रिउली डडालको भीरबाट लडेर मृत्यु भएको हो ।
गत बिहीबार यार्सागुम्बा टिप्ने ठाउँ मुल्तीमा डेरा बनाइ दाउरा लिन गएका बेला भिरबाट लडेर डडालको घटनास्थलमै मृत्यु भएको स्थानीय कृष्णसिंह कुवरले बताए । उनी घरबाट यार्सागुम्बा पाइने लेकमा खाद्यन्न लिएर वैशाख १२ गते आफ्ना श्रीमानसँगै गएकी थिइन् ।
लेकमा दाउरा खोज्न गएका बेला भिरबाट लडेर मृत्यु भएको जनाइएको छ । मृतक महिलाको दाहसंस्कारसमेत गरी सकिएको छ । उनका दुई छोरा छन् ।
अहिले दार्चुलाका व्याँस र अपिहिमाल गाउँपालिकाका अधिकांश परिवार यार्सागुम्बा संकलनमा लागेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८० १४:१६
प्रतिक्रिया दिनुहोस्