Sagun Khabar
वडा सम्मेलनमा जुट्यो बैतडी कांग्रेस 

बैतडी –नेपाली कांग्रेस बैतडीले वडा सम्मेलन शुरु गरेको छ । जिल्लाका ८४ ओटै वडामा सम्मेलन गर्ने निर्णय अनुसार वडा सम्मेलन शुरु गरिएको नेपाली कांग्रेस बैतडीका सचिव देवराज जोशीले बताए । 

नेपाली कांग्रेस जिल्ला कार्यसमितिको निर्णय अनुसार वडा सम्मेलन शुरु गरिएको सचिव जोशीले बताए । जिल्ला कार्यसमितिकै निर्णय अनुसार दशरथचन्द नगरपालिकामा शुक्रबारदेखि वडा सम्मेलन शुरु भएको नगर कार्यसमिति सचिव गणेशसिंह थापाले बताए । 

वडा तहमा पार्टीको संरचना, पार्टी सुदृढीकरणका लागि खेल्नुपर्ने भूमिका, संगठन विस्तारका लागि अपनाउनुपर्ने रणनीतिका बिषयमा सम्मेलनमा छलफल हुने गरेको थापाले बताए । यस्तै पार्टीभित्र देखिएका समस्या समाधानका बिषयमा पनि सम्मेलनमा छलफल हुने गरेको थापाको भनाइ छ । 

नेपाली कांग्रेसलाई गतिशील बनाउनका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको सचिव थापाले बताए । वैशाख मसान्तभित्र सबै वडामा सम्मेलन सम्पन्न गर्ने लक्ष्य लिइएको नेपाली कांग्रेस बैतडीले जनाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update