Sagun Khabar
मतदातासंग भेटघाट गर्दै प्रदेश सभा सदस्य भट्ट 

बैतडी –बैतडी प्रदेश सभा क्षेत्र नं २ बाट निर्वाचित प्रदेश सभा सदस्य शिवराज भट्ट भेटघाट कार्यक्रममा व्यस्त रहेका छन् । केही दिन पहिलादेखि गृह जिल्लामा रहेका भट्टले भेटघाट कार्यक्रमलाई तीव्रता दिएका हुन् । गएको मंसिर ४ मा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित मतदाताका समस्या बुझ्न गाउँगाउँमा गइरहेका हुन् । 

प्रदेश सरकारले नयाँ बजेटको तयारी गरिरहेका बेला स्थानीय नागरिकका समस्या बुझ्नका लागि आफू भेटघाटमा व्यस्त रहेको प्रदेश सभा सदस्य भट्टले बताए । उनले भने ‘निर्वाचित भइसकेपछि मतदाताका समस्या बुझ्नका लागि गाउँगाउँमा गइरहेको छु । मेरो निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्ने काम गरिरहेको छु ।’

केही दिन पहिला जिल्लाको मेलौली नगरपालिकाका स्थानीयसंग भेटघाट गरेका प्रदेशसभा सदस्य भट्टले अहिले दशरथचन्द नगरपालिकाका विभिन्न वडाका मतदाताहरुसंग छलफल तथा भेटघाट गरिरहेको बताए । 

भेटघाटका क्रममा स्थानीय नागरिकका समस्या सुन्ने र ती समस्या समाधानका लागि आफूले पहल गर्ने योजना बनाएको बताए । 

प्रदेश सभा सदस्य भट्टले अहिले विभिन्न ठाउँमा पुगेर स्थानीय नागरिकका समस्या बुझ्ने काम गरिरहेका नेपाली कांग्रेसका क्षेत्रीय सचिव धनबहादुर क्षेत्रीले बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update