Sagun Khabar
बैतडीमा १५ वर्षीया किशोरी बलात्कृत, काका नियन्त्रणमा

बैतडी – बैतडीमा १५ बर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा २२ बर्षीय युवक पक्राउ परेका छन् । जिल्लाको सिगास गाउँपालिकाका ती युवकले भतिजी नाता पर्ने बालिकामाथि करणी गरेको आरोप लागेको हो । 

आरोपित युवकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका पाटनका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले बताए । 

गएको पुस १५ मा घटना भएपनि चैत अन्तिम साता मात्रै प्रहरीमा निवेदन आएको र त्यसपछि युवकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आरोपितलाई पक्राउ गरेर अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए । पीडित पक्षले पीडकलाई कानुन अनुसार कारवाही गर्न माग गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update