Sagun Khabar
बैतडीमा एकजना जेष्ठ नागरिकले सामाजिक सुरक्षाभत्ताको रकमले पानी धारा निर्माण गरे 

बैतडी –बैतडीका एकजना जेष्ठ नागरिकले आफूले पाएको सामाजिक सुरक्षा भत्ताको रकमबाट पानीको धारा निर्माण गरेका छन् । 

मेलौली नगरपालिका ७ का मदनदत्त भट्टले आफूले पहिलो पटक पाएको सामाजिक सुरक्षा भत्ता बाफतको रकमबाट पानीको धारा निर्माण गरेका हुन् । 

आफ्ना स्वर्गीय आमा जुनकुरी भट्टले मेलौली नगरपालिका ७ पत्थरखानीमा रोपेको पिपलको रुख नजिकै उनले धारा निर्माण गरेका हुन् । करीब २५ हजारको लागतमा धारा निर्माण गरिएको भट्टले बताए । २० हजार सामाजिक सुरक्षा बाफत पाएको रकम र पाँच हजार आफ्नो व्यक्तिगततर्फबाट धारा निर्माणमा लगानि गरेको उनले बताए । 

साढेतीन सय मिटरको दुरीमा रहेको मूहानबाट पानी ल्याएर पीपलचौतारा नजिक धारो निर्माण गरेको भट्टले बताए । पानीको धारा निर्माणपछि बाटोमा आवतजावत गर्ने मानिसलाई सहज हुने विश्वास गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update