सुदूरपश्चिममा थप ११ जनामा कोरोना पुष्टि
बैतडी –सुदूरपश्चिममा बिहीबार थप ११ जनामा कोरोना पुष्टि भएको छ । ३२४ जनाको कोरोना परीक्षण गर्दा थप ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।
यस्तै बिहीबार ५ जना निको भएका छन् । सुदूरपश्चिममा अहिले सम्म ६ लाख ५९ हजार ९८ जनाको कोरोना परीक्षण भएकोमा ६२ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ती मध्ये ६ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने बाँकीले कोरोना जितेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८० १८:०४
प्रतिक्रिया दिनुहोस्





