दार्चुला – दार्चुलाका एकजना किसान ‘भीमदत्त उत्कृष्ट कृषक’ पुरस्कारबाट सम्मानित भएका छन् । लामो समय देखि फलफूल खेती गरिरहेका महाकाली नगरपालिका–६ निसिलका मिनबहादुर पाल जिल्लास्तरीय भीमदत्त उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका हुन् । उत्कृष्ट कृषक पाललाई नगद रु २५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरिएको कृषि ज्ञान केन्द्र दार्चुलाका नायब सुब्बा सुन्दरी अवस्थीले बताइन् ।
उनलाई एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूले पुरस्कृत गरेका हुन् ।
कृषि र पशुपालन पेशामा लागेका कृषकहरुलाई प्रोत्साहन गर्नका लागि गत वर्षदेखि सुदूरपश्चिम प्रदेश सरकारले यो पुरस्कार वितरण गर्न थालेको हो ।
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८० १५:१८
प्रतिक्रिया दिनुहोस्