Sagun Khabar
दार्चुलामा असार २० गते सम्म निषेधाज्ञा थपियो 

दार्चुला –दार्चुलामा जारी निषेधाज्ञा थप असार २० गतेसम्म थपिएको छ । जिल्ला कोभिड १९ व्यवस्थापन समितिको बुधबार बसेको बैठकले निषेधाज्ञा १० दिन थप गदै असार २० गतेसम्म लम्ब्याएको हो । प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीको अध्यक्षतामा बसेको बैठकले अझै पनि कोरोनाको असर पूर्ण रुपमा घट्न नसकेको तथा तेस्रो चरणको भेरियन्टको जोखिम कायमै रहेको भन्दै निषेधाज्ञा थप गर्ने निर्णय भएको बताइएको छ ।

निषेधाज्ञा थप गरिए पनि पहिलाको तुलनामा केही खुकुलो पार्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए । यसअघि जारी गरिएको निषेधाज्ञाको समय बिहीबार सकिदैछ । दार्चुलामा बजार बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म खुल्ने छ भने बैंक तथा वित्तिय संस्थाहरु बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछन् ।

Atrya hospital

यसैगरी बैठकले जिल्लाभित्रको यातायात जोरविजोर नम्बरको आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ । असार ११ गते देखि लागू हुने गरी जिल्लाभित्रको सवारी साधन जोरविजोर नम्बरको आधारमा चल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जोशीले बताए  ।

जिल्लाबाहिर जाने सवारी साधन भने जिल्ला प्रशासनको अनुमतिको आधारमा मात्रै चल्ने प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिए  । बैठकले जिल्लाभित्र सवारी साधन चलाउने सवारी चालक र सहचालकको भने अनिवार्य एन्टिजेन परिक्षण गर्ने भएको छ । 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १५:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update