Sagun Khabar
मुक्ति समाज बैतडीको अध्यक्षमा पहरी 

बैतडी –नेपाल उत्पीडित जातिय मुक्ति समाज बैतडीको अध्यक्षमा दानी पहरी चयन भएका छन् । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातिय मुक्ति समाजको शनिवार सम्पन्न ८ औं  जिल्ला समेलनले पहरीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । 

यस्तै समाजको उपाध्यक्षमा सुरेश सेरला र कमल भुल, सचिवमा राकेश चुनारा, उपसचिवमा जयराम लुहार र निर्मला लुहार तथा कोषाध्यक्षमा उद्धव चर्मकार सर्वसम्मत चयन भएका नेपाल उत्पीडित जातिय मुक्ति समाजका केन्द्रिय कमिटी सदस्य तथा बैतडी जिल्ला इन्चार्ज बलभद्र दयालले जानकारी दिए ।    
 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update