बैतडीको पाटनमा महालक्ष्मी बैंकले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गर्यो
बैतडी –बैतडीको पाटन नगरपालिका वडा नं ४ मा बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । वडा नं ४ स्थित देवीनगरमा रहेको पाताल भुमेश्वर बहुउद्देश्यीय महिला कृषक समूहका सदस्यहरुलाई बित्तीय साक्षरता सम्बन्धी जानकारी दिइएको हो ।
महालक्ष्मी विकास बैंक शाखा पाटन बैतडीले बित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो । ग्रामीण क्षेत्रका नागरिकलाई बित्तीय साक्षरताका बारे जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको महालक्ष्मी विकास बैंक शाखा पाटनका प्रबन्धक विजय शाहले जानकारी दिए ।
बैंकिङ प्रणाली, खर्च, बचत लगायतका बिषयमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको उनले बताए । बित्तीय साक्षरता कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई बित्तीय सीपका बारेमा जानकारी हुने उनले बताए ।
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८० १२:१४
प्रतिक्रिया दिनुहोस्





