Sagun Khabar
दार्चुलामा पौडी खेल्दा ह्युमपाइपमा अड्केर दुई बालकको मृत्यु
Atrya hospital

दार्चुला –दार्चुलाको  महाकाली नगरपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको ह्युमपाइपमा अड्किएर मृत्युु भएको छ । महाकाली नगरपालिका वडा नम्बर ४ बङ्गाबगड स्थित लास्कु खोलामा पौडी खेल्ने क्रममा ह्युमपाइपमा अडकिएर उनीहरुको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महाकाली नगरपालिका ४ बस्ने १७ बर्षिय प्रकाश खत्री र १२ बर्षिय रमित कुवर रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिए ।

उनीहरुको शव स्काभेटरको प्रयोग गरि निकालिएको उनले बताए । दार्चुला तिङ्कर सडक जोड्ने निर्माणाधीन मोटरेवल पुलको ह्युम पाइपमा अडकिएर उनीहरुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ८, २०७८  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update