Sagun Khabar
आगलागीबाट नौ लाखको क्षति

कैलाली- कैलालीको लम्कीमा आगलागीबाट नौ लाखको क्षति भएको छ। जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ५ राजीपुरका मारु तिमिल्सेनाको घरमा आगलागी हुँदा नौ लाखको क्षति भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार ७५ वर्षीय तिमिल्सेनाको १२ बोरा धान, १२ कुण्डल गहुँ, सुन, काठ, लत्ताकपडा लगायतका सामान जलेका हुन्। उनको नौ लाख बराबरको धनमाल नष्ट भएको हो।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update