Sagun Khabar
बैतडीको ब्रहम आधारभूत विद्यालयमा तालाबन्दी, शिक्षक नियुक्ती निष्पक्ष नभएको आरोप 

बैतडी –बैतडीको पाटन नगरपालिका–१० स्थित ब्रहम आधारभूत विद्यालयमा तालाबन्दी गरिएको छ । शिक्षक नियुक्ती निष्पक्ष नभएको आरोप लगाउँदै विद्यालयमा तालाबन्दी गरिएको हो । 

पाटन नगरपालिकाले उक्त विद्यालयको आधारभूत तहमा नेपाली बिषयको शिक्षक नियुक्तीका लागि आइतबार परीक्षण लिएको थियो । उक्त परीक्षामा राधिकाकुमारी पन्त उत्तीर्ण भएर शिक्षक छनौट भएकी छन् । 

तर शिक्षक नियुक्ती निष्पक्ष नभएको भन्दै अनुत्तीर्ण परीक्षार्थी यशोदा भट्टले सोमबार बिहान विद्यालयमा तालाबन्दी गरेकी हुन् । 

विद्यालयको शिक्षक लागि राधिका कुमारी पन्तसहित यशोदा भट्ट, सुरेश प्रशाद पन्त र मानमती अवस्थी पन्तले परीक्षामा सहभागिता जनाएका थिए । 

यता पाटन नगरपालिकाका शिक्षा शाखा प्रमुख ललित कुमार पाण्डेयले शिक्षक नियुक्तिमा कुनै पक्षपात नभएकी दाबी गरेका छन् । परीक्षामा सहभागीमध्ये एक जना मात्रै दोस्रो चरणमा प्रवेश गरेका र उनी नै शिक्षक पदका उत्तीर्ण भएका उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १६:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update