Sagun Khabar
८३ वर्षको उमेरमा  नागरिकता  

बझाङ- बझाङको छविसपाथिभेरा गाउँपालिका–४ झुटेडाकी बिशु थापाले ८३ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन्। सोमबार बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय नेतृत्वको टोलीले शारीरिक रूपमा पूर्ण अशक्त रहेकी थापालाई घरमै पुगेर नेपाली नागरिकता प्रदान गरेको हो।

यातायातको सहज पहुँच नहुँनु र सदरमुकाम चैनपुरसम्म ल्याएर नागरिकता बनाउन सक्ने अवस्था नभएकाले थापाको घरमै गएर प्रमाणपत्र प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।  

नागरिकताको प्रमाणपत्र प्राप्त गरेपछि थापा खुसी भएकि छन्। थापाको पहिले बनाएको नागरिकता एक वर्ष पहिला हराएकाले सामाजिक सुरक्षा भत्ता बीचमै रोकिएको छविसपाथिभेरा गाउँपालिका–४ का वडाध्यक्ष अम्मराज थापाले बताए। नागरिकता प्राप्त भएसँगै अब थापाको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने बाटो समेत खुलेको छ।

प्रकाशित मिति: मंगलबार, चैत २८, २०७९  १०:१४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update