Sagun Khabar
आईपीएल क्रिकेट : कोलकताद्वारा बेंग्लोर८१ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई ८१ रनले हराएको छ ।

गएराति इडेन गार्डेनमा भएको खेलमा कोलकताले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको बेंग्लोर १७ ओभर ४ बलमा १ सय २३ रनमा समेटियो । बेंग्लोरका कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ तथा विराट कोहलीले २१ रन बनाए । कोलकताका वरुण चक्रवर्तीले ४, सुयश शर्माले ३ तथा सुनिल नारेनले २ विकेट लिए ।

Atrya hospital

त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकताले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । कोलकताका शार्दुल ठाकुरले सर्वाधिक ६८ रन तथा रहमानुल्लाह गुर्वाजले ५७ रन बनाए । आईपीएल क्रिकेटमा गुर्वाजको यो पहिलो अर्धशतक पनि हो ।

त्यस्तै रिंकु सिंहले ४६ रन जोडे । बेंग्लोरका डेबिड बिल्ली र कर्ण शर्माले समान २÷२ तथा मोहम्मद सिराज, हर्षल पटेल र माईकल ब्रेसवेलले समान १÷१ विकेट लिए । पहिलो जितमा दुई अंकका साथ कोलकता तालिकाको तेस्रो स्थानमा रहेको छ । बेंग्लोर २ खेलमा २ अंकसहित सातौं स्थानमा छ ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update