Sagun Khabar
गोकुलेश्वर बजारमा फोहोरको चाङ, स्थानीय  सरकार चिर निद्रामा

बैतडी- दार्चुलाको गोकुलेश्वर बजार दुर्गन्धित बनेको छ । जिल्लाको शैल्यशिखर नगरपालिका  ९ मा  रहेको बजार  फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बनेको हो । बजारबाट निस्किने फोहोर  नजिकै खोलामा  फ्याँक्ने गरिएको छ । 

सो फोहोरले  दुर्गन्ध फैलिएको  छ । जिल्लाकै दोस्रो ठूलो व्यापारिक केन्द्रकोरुपमा चिनिएको  गोकुलेश्वर  बजारबाट दैनिक धेरै फोहोर उत्पादन हुने गरेको छ । सो फोहोर व्यापारीहरुले बजार पछाडिको खोलामा फाल्ने गरेका छन् । 

डम्पिङ साइडको व्यवस्था नहुदा सबै फोहोर खोलामा फाल्ने गरिएकाले समस्या भएको स्थानीय मनोरथ जोशीले बताए । फोहोरका कारण धेरै समस्या भएको उनले बताए ।  नगरपालिकाले सरसफाइकर्मी राखे पनि फोहोर नउठेको  उनको भनाई छ । ‘फोहोरले समस्या छ, नगरपालिकाले कर उठाँउछ , मान्छे राखेको छ, फोहोर उठ्दैन,कोहि हेर्दैनन्, नेता सबै उस्तै छन् समस्या कोही बुझ्दैनन,’ उनले आक्रोशमा भने । 

Atrya hospital

फोहोरको दुर्गन्धले बस्न नसिकने अवस्था सिर्जना भएको व्यापारी हेमन्त ओझाले बताए  ‘दुर्गन्धले बस्नै नसक्ने अवस्था छ, खाना खाने वेला पनि हावाले दुर्गन्ध भान्सामै ल्याइदिन्छ, महामारी फैलिने डर छ,बहुत गार्हो भएको छ,’ यहाँका स्थानीले भने । फोहोरका कारण महामारी फैलिने खतरा बढेको अर्का स्थानीय पुष्प राज जोशीले बताए  । स्थानीय सरकारले फोहोर व्यवस्थापनमा  चासो नदिएको उनले बताए ।

‘हामीलाई फोहोरका कारण धेरै समस्या भएको छ, नगरपालिका संग पटक–पटक भन्दा पनि सुनवाइ हुँदैन, उनले भने ।  नगरपालिकाले डम्पिङ  साइडको  व्यवस्था नगर्दा समस्या  भएको  युवा गणेश खत्रीले  बताए । फोहोर  व्यवस्थापनमा  बेवास्ता भएको छ ,‘डम्पिङ साइड निर्माण नगर सरकारले गर्नुपर्छ , यो कमजोरी हो,  यसमा गम्भीर बन्नु पर्छ , उनले भने । 

फोहोर व्यवस्थापनका लागि  पटक–पटक नगरपालिकालाइ आग्रह गर्दा  पनि  बेवास्ता  गरिएको माधव खत्रीले बताए । चुनावका बेला जनप्रतिनिधिहरुले  फोहोर व्यवस्थापनका प्रतिवद्धता जाहेर गरेपनि पुरा नभएका यहाँका व्यापारीहरुले बताए । 

‘चुनावका  बेला जनप्रतिनिधि  फोहोरको मुद्दा अगाडि बढाउछन्,जितेपछि  आग्रह गर्छाैँ , तर बेवास्ता गर्छन,  के भन्ने ? कस्ले सुन्ने ?’, उनीहरुले  भने । नगरपालिकाले फोहोर व्यवस्थापनको कर उठाउने गरेपनि फोहोर व्यवस्थापनमा चासो नदिएको यहाँका व्यापारीहरुको गुनासो छ । आफ्नै टिप्पर र सरसफाइकर्मी समेत राखेको नगरपालिका ेहोर व्यवस्थापनमा मौन बसेको उनिहरुले बताए । 

फोहोरका कारण समस्या भएको भन्दै यहाँका नागरिकहरुले  फोहोरको उचित व्यवस्थापनका लागि माग गरेका छन्  । कुहिने–नकुहिने, सिसा र प्लास्टिकजन्य सबैखाले फोहोर बजार पछाडिको  खोलामा फालेकोले  यहाँ समस्या छ । स्थानीय  तथा व्यापारी फोहोरले आजित छन् ।

बिना मास्क गोकुलेश्वर बजारमा हिँड्न सकिने अवस्था छैन ।फोहोर व्यवस्थापनमा नगर सरकारले चासो नदिएको भन्दै जनप्रतिनिधिहरुको अहिले सर्वत्र आलोचना भईरहेको छ । बेलाबेला  झकझक्याउदा पनि नगर सरकारले फोहोर व्यवस्थापनमा ध्यान नदिएको भन्दै स्थानीय तथा व्यापारी आक्रोशित भएका छन् ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update