बैतडी –बैतडीको दशरथचन्द नगरपालिका स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगितामा शिक्षक ११ को टीम विजयी भएको छ । निङ्गलाशैनी खेल मैदान देहीमाण्डौंमा आज सम्पन्न खेलमा जनप्रतिनिधि÷कर्मचारी ११ को टीमलाई ६ रनले हराउँदै शिक्षकको टोली विजयी भएको हो ।
जितका लागि पाएको २१० रनको बिशाल लक्ष्य पछ्याएको जनप्रतिनिधि÷कर्मचारीको टोलीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा २०३ रन मात्रै बनाउन सक्यो । जसमा राम चन्दले ५१, जितेन्द्र रावलले ४६ रनको योगदान गरेपनि हार टार्न सकेनन् । शिक्षक ११ का टेक चन्दले ५ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको शिक्षक ११ ले निर्धारित २० ओभरमा ८ विकेटको क्षतीमा २०९ रन बनायो । उसका विनोद बोहराले ८३, टेक चन्दले ८१ रनको योगदान गरे । जनप्रतिनिधि÷कर्मचारी ११ का लागि योगेन्द्र चन्दले ३,कप्तान पुस्करराज जोशीले २ विकेट हात पारे ।
खेलका म्यान अफ द म्याच शिक्षक ११ का टेक चन्द चुनिएका स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।