काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पनि दुई वटा खेल हुँदैछ । आज हुने पहिलो खेलमा दिउँसो पौने ४ बजे राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद खेल्दैछन् ।
यो खेल हैदराबादमा हुनेछ ।
त्यस्तै, आजको दोस्रो खेलमा रोयल च्यालेञ्जर्स बेङ्लोर र मुम्बई इन्डियन्स खेल्दैछन् ।
बेङ्लोर र मुम्बईको खेल बेङ्लुरुमा बेलुका पौने ८ बजे सुरु हुनेछ । यसअघि हिजो भएको पहिलो खेलमा पञ्जाब किङ्ग्सले कोलकता नाइट राइडर्सलाई डीएल पद्धतिमा ७ रनले तथा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो ।
अस्ति शुक्रवारदेखि सुरु भएको १६औँ संस्करणको आईपीएल क्रिकेटमा १० टोली सहभागी छन् । उद्घाटन खेलमा गुजरातले चेन्नईलाई हराउँदै विजयी सुरुवात गरेको थियो । लखनउ, गुजरात र पञ्जाबको अङ्कतालिकामा समान २ अङ्क छ ।
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९ १०:०५
प्रतिक्रिया दिनुहोस्