Sagun Khabar
एनपीएलको टिकट खुला, लिग चरणका खेलका लागि ५०० र एक हजार रुपैयाँ तय

बैतडी - तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट खुला भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले हिजो टिकट दर तय गरेसँगै ई–सेवामार्फत टिकट किन्न सकिने भएको हो । क्यानले लिग चरणका खेलका लागि ५०० र एक हजार रुपैयाँ तय गरेको छ । साधारणतर्फ ५०० र प्रिमियमतर्फ एक हजार रुपैयाँ तोकेको हो ।

यस्तै इलिमिनेटर तथा फाइनल खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार रुपैयाँ कायम गरिएको छ । तेस्रो संस्करणको एनपीएल आउँदो सोमबारदेखि कीर्तिपुरमा शुरु हुँदैछ । एनपीएल मंसिर ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  ०९:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update