दार्चुला –दार्चुला बहुमुखी क्याम्पसको सभापतिमा अनेरास्ववियुका कृष्ण धामी निर्वाचित भएका छन् । अनेरास्ववियुका धामीले २७५ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका भानबहादुर पालले २०६ मत प्राप्त गरे ।
सचिवमा भने नेविसंघका जवनसिंह डडाल २५३ मतसहित विजयी भएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुकी मनिषा डडाल विजयी भइन् । उनले २ सय ७० मत ल्याएर विजयी भएकी हुन् ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ ११:४४
प्रतिक्रिया दिनुहोस्