बझाङ- बझाङका २ बालबालिकाको उद्दार गरिएको छ। कैलालीको अत्तरियाबाट शनिवार २ बालबालिका बझाङको छन्ना घर बताउने ६ वर्षीया बालिका आयुसु गिरी र ४ वर्षीय दिपु गिरीको उद्दार गरिएको हो। अत्तरिया बसपार्क नजिकै एक होटलमा अलपत्र अवस्थामा भेटिएका ति बालबालिकाको उद्दार गरेर स्थानीय एलआर ओझाले इलाका प्रहरी कार्यालय मालाखेतीमा पुर्याएका थिए।
उनका अनुसार अत्तरिया बसपार्क नजिकै रहेको राउला केदार होटलमा आमासंगै आएका बालबालिकालाई आमाले होटलमै छोडेर गएकी थिइन्। आमा संगै भारतबाट आएका ति बालबालिकालाई छोडेर आमा अरु पुरुष संग गएको हुन सक्ने प्रहरीले आसंका गरेको छ। उद्दार गरिएका बालबालिकालाई अत्तरियामा रहेको महिला तथा बालबालिका सेव हाउसमा राखिएको छ। संगै आएकी आमा कहाँ गइन भन्ने बारेमा खुल्न नसकेको डिएसपी बरालले बताएका छन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।