चितवनको राप्ती नगरपालिका-११ मा मजदुर बोकेको ट्र्याक्टर पल्टिँदा ज्यान गुमाएका पाँच जनामध्ये चार जनाको परिचय खुलेको छ ।
राप्ती नगरपालिका-५ का ३५ वर्षका खडक लामा, खैरहनी नगरपालिका-९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका-४ का ४५ वर्षका सीताराम श्रेष्ठको परिचय खुलेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएका अन्दाजी २५ वर्षका युवकको भने परिचय खुलेको छैन । हिजो बेलुका थाकलटारबाट चिउँडेखोलातर्फ छुटेको ना १ त ६२८२ नम्बरको ट्र्याक्टर अनियन्त्रित भएर चिउँडेखोलामा पल्टिँदा पाँच जनाकाे ज्यान गएको र १९ जना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७ ०७:२३
प्रतिक्रिया दिनुहोस्