सिरहा गोलबजारको एबी मलमा आगजनी
सिरहामा आगजनी र तोडफोडका घटनाहरू बढ्न थालेका छन् ।
बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ ।
यसैबीच सिरहाको गोलबजारमा रहेको सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मल जलाइएको हो ।
प्रहरीले अवस्था नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । बिहीबार बिहानबाट सिरहामा प्रदर्शनले चर्को रुप लिन थालेपछि अहिले अवस्था तनावग्रस्त बनेको छ । सिरहाका विभिन्न ठाउँमा प्रशासनले कर्फ्यू आदेश पनि जारी गरेको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३ १६:५०
प्रतिक्रिया दिनुहोस्




