बैतडी - दार्चुला गोकुलेश्वर बहुमूखि क्याम्पसमा तालाबन्दी गरिएको छ । स्ववियु निर्वाचनमा विद्यार्थीहरुलाई मतदान गर्ने बातावरण मिलाउन माग गर्दै नेवि संघले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेको हो ।
गोकुलेश्वर बहुमूखी क्याम्पस प्रशासनले एउटा अमुख पार्टीको मुखपत्र जस्तै बनेर सुदूरपश्चिम विश्व विद्यालयको निर्देशिका विपरित गएर विद्यार्थीहरुलाई मताधिकारबाट बञ्चीत गर्न खाजेकोले तालाबन्दी गरिएको नेवि संघका गोकुलेश्वर महुमूुखि क्याम्पस इकाइ सभापति बसन्त विष्टले जानकारी दिए ।
क्याम्पसमा भर्ना भएका र नियमित रुपमा क्याम्पस आउने विद्यार्थीहरुलाई निर्वाचनमा सामेल हुन पाउने र आफ्नो मतको मताधिकार गर्न पाउने अधिकार हुँदा हुँदै पनि आफ्नो मतको प्रयोग गर्न बाट बञ्चित गराउने गरि गरिएको षड्यन्त्रमा नेपाल विद्यार्थी संघ गोकुलेश्वर बहुमुखी क्याम्पस एकाइ समितिको गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।
माग पूरा नभए सम्म तालाबन्दी जारी रहने उनले बताए । सुदूरपिश्चम विश्व विद्यालय अन्तर्गतका क्यम्पसहरुमा स्ववियु चुनाव चैत्र ८ गते हुँदै छ ।