दार्चुला- दार्चुलामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएकोछ भने १० घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका–४ बाङ्गाबगर मधेश प्रदेश–०३ ००१ ज ०३४० नम्बरको जीप लास्कु खोलामा खस्दा चालकसहित १० जना घाइते भएका हुन्।
घाइतेहरूलाई जिल्ला अस्पताल दार्चुलामा उपचार गर्दागर्दै १ जना भारतीय नागरिक ५५ वर्षीय कालीदेवी नेगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।घाइते एक ७ वर्षीया बालिका किरन आग्रिलाई थप उपचारका लागि रिफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुलेको छैन् । थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९ १४:२०
प्रतिक्रिया दिनुहोस्