Sagun Khabar
नेपालले यूएईलाई दियाे २ सय ३० रनकाे लक्ष्य

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले यूएईलाई २ सय ३० रनकाे लक्ष्य दिएकाे छ । 

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर रन बनायाे । ६८ रन बनाउँदा ५ विकेट गुमाएकाे अवस्थामा मध्यक्रमका ब्याटरले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

Atrya hospital

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७० रन बनाए । यस्तै आरिफ शेख ४३, कुशल मल्लले ३२ र सन्दीप लामिछानेले २७ रन बनाए । बलिङतर्फ जुनैद सिद्दिकीले ३ तथा राेहन मुस्तफा र आर्यन लार्काले २/२ विकेट लिए ।

यूएईले केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ ।

प्रकाशित मिति: सोमबार, फागुन २२, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update