Sagun Khabar
छैटौं संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप चैतमा

छैटौं संस्करणको सुदूरपश्चिम खप्तड गोल्डकप चैतको दोस्रो साता आयोजना हुने भएको छ ।

आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरेको हो ।

Atrya hospital

क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको छैटौं संस्करण चैत ९ गतेदेखि १८ गतेसम्म धनगढी रंगशालामा हुने बताए । सोही अनुसार अखिल नेपाल फुटबल संघ (एन्फा)बाट प्रतियोगिताका लागि स्विकृति प्राप्त भएको उनको भनाई छ । मोफसलको सर्वाधिक पुरस्कार राशीको छैटौं संस्करणको प्रतियोगितामा १० टिम सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ६ ए डिभिजनका क्लब, दुई विदेशी, एक मोफसल र आयोजक गरि १० टिमको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ भने विधागत तर्फका उत्कृष्ट खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उदयीमान खेलाडीलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने आयोजकले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले मुख्य प्रायोजकको रुपमा प्रवर्द्धन गरेको सुदूरपश्चिम खप्तड गोल्डकप कैलाली जिल्ला फुटबल संघको समन्वयमा हुन लागेको हो ।

प्रकाशित मिति: शनिबार, फागुन २०, २०७९  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update