बैतडीमा अपांगता भएकी महिलामाथि बलात्कार, एकजना पक्राउ
बैतडी –बैतडीमा अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । २४ बर्षीया अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपमा मेलौली नगरपालिका –७ का ५६ बर्षीय तारादत्त भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।
‘क’वर्गको अपांगता भएकी महिलामाथि बलात्कार गरेको आरोपसहित प्रहरीमा जाहेरी आएपछि आरोपित भट्टलाई पक्राउ गरेर हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । पीडित महिलाका आफन्तले आइतबार जाहेरी दिएको र आरोपितलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।
पीडित अपांगता भएकी महिलालाई ती पुरुषले पहिलापनि बलात्कार गरेको भिडियो समेत सार्वजनिक गरिएको छ । पीडितका आफन्तहरुले महिलामाथि पटक–पटक बलात्कार भएको बताएका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९ ०७:०६
प्रतिक्रिया दिनुहोस्





