Sagun Khabar
दशरथचन्द नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत थापा हाजिर 

बैतडी–बैतडीको दशरथचन्द नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत मनबहादुर थापा हाजिर भएका छन् । 

उपसचिव थापालाई भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशरथचन्द नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाएको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदीको सरुवा गरेर उनको ठाउँमा मन्त्रालयले थापालाई खटाएको थियो । 

प्रमुख प्रशासकीय अधिकृत थापा बुधबार नगरपालिकामा हाजिर भएका दशरथचन्द नगरपालिकाले जनाएको छ । 

नगरपालिकामा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत थापालाई एक कार्यक्रमकाबीच स्वागत गरिएको छ । नगर प्रमुख पुष्करराज जोशीसहितका जनप्रतिनिधि र कर्मचारीहरुले थापालाई नगरपालिकामा स्वागत गरेका हुन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update