बैतडी–बैतडीमा सम्पन्न भएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड उपाधी मेलौली नगरपालिकाले हात पारेको छ । पाटनमा सम्पन्न प्रतियोगितामा १३ स्वर्ण, ६ रजत र ५ कास्यसहित २४ पदक हात पारेको मेलौली उपाधी जितेको हो ।
यस्तै प्रतियोगितामा दोश्रो भएको पाटन नगरपालिकाले ७ स्वर्ण,६ रजत र ८ कास्य गरी २१ पदक हात पारेको छ । यस्तै तेश्रो भएको डिलाशैनी गाउँपालिकाले ५ स्वर्ण, ४ रजत, ३ कास्य गरी १२ पदक जितेको छ ।
प्रतियोगितामा दशरथचन्द नगरपालिकाले १४, पुर्चौंडी नगरपालिका १०, शिवनाथ गाउँपालिका१०, पञ्चेश्वर गाउँपालिकाले ५,सिगास गाउँपालिकाले ४, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकाले २÷२ पदक हात पारेको छ ।
प्रतियोगितामा विजेता पालिकाको टीमलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमनकुमार भण्डारी, प्रदेश सभा सदस्य जानकी ऐर बम लगायतले पुस्कार,शिल्ड,ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।
यही फागुन १२ देखि शुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भएको हो । प्रतियोगितामा बैतडीका १० ओटै स्थानीय तहका टीमहरुको सहभागिता रहेको थियो । प्रतियोगिता अन्तर्गत छात्रछात्रा भलिबल, एथलेटिक्स र छात्रछात्रा कबड्डी सञ्चालन गरिएको थियो ।