बैतडी –बैतडीको डिलासैनी गाउँपालिकाले छात्रातर्फको ८ सय मिटरको दौडमा स्वर्ण पदक हात पारेको छ । पाटनमा जारी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा डिलाशैनी तुलसी धामीले प्रथम हुँदै पालिकालाई स्वर्ण पदक दिलाएकी हुन् ।
यो संगै जारी प्रतियोगितामा डिलाशैनीले ३ स्वर्ण जितेको छ । तुलसी एक्लैले दुई स्वर्ण दिलाएकी हुन् ।
८ सय मिटरको दौडमा पुर्चौंडीकी अञ्जु धानुकले दोश्रो हुँदै रजत पदक दिलाएकी छन् भने तेश्रो हुँदै दशरथचन्द नगरपालिकाले कृष्णा नाथले कास्य पदक दिलाएकी छन् ।
प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९ १२:१३
प्रतिक्रिया दिनुहोस्